ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार
१७ साउन, ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी बैंक मेनेजर फरार भएका छन्।
झापा बिर्तामोडको प्रभु बैंकमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
बिर्तामोड –५ स्थित मम फ्याक्ट्रिका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment