१० श्रावण २०८२, शुक्रबार

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 

१७ साउन, नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा २० रुँपैयाले बढेको छ । बिहीबार चाँदी प्रतितोला  १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?