नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
१६ साउन, काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कमा एक युवक मृत फेला परेका छन् ।
![]()
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्र करिब दुई महिनादेखि पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको खुलेको छ । युवकको मृत्यु केहीदिन अघिनै भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।




Post Comment