२६ जेष्ठ २०८२, आईतवार

नेपाली पौडी खेलाडी शाहले बनाए कीर्तिमान रेकर्ड

 

१५ साउन,काठमाडौँ – पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।

पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९औँ स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान थियो । कूल दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात् १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् ।

पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिइसकेका छन् । प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment