आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
४६ पटक हेरिएको
Shares
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने

सारांश

  • १७औँ संस्करणको पुरुष एसिया कप क्रिकेट प्रतियोगिता भारतमा आयोजना हुने भएको छ ।
  • एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आउँदो वर्ष हुने एसिया कप भारतले आयोजना गर्ने जनाएको हो ।
  • उक्त एसिया कप टी–२० ढाँचामा आयोजना हुनेछ ।

१५ साउन । १७औँ संस्करणको पुरुष एसिया कप क्रिकेट प्रतियोगिता भारतमा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आउँदो वर्ष हुने एसिया कप भारतले आयोजना गर्ने जनाएको हो । उक्त एसिया कप टी–२० ढाँचामा आयोजना हुनेछ । सन् २०२६ को टी–२० विश्वकपको तयारीस्वरूप २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुने भएको हो । यसअघि सन् २०१६ मा पनि एसिया कप टी–२० ढाँचामा आयोजना गरिएको थियो । गत संस्करणमा भने एकदिवसीय फर्म्याटमा एसिया कप खेलाइएको थियो । खासमा पाकिस्तानमा प्रतियोगिता हुनुपर्ने भए पनि भारतीय टिम त्यहाँ जान मानेन । त्यसपछि केही महत्वपूर्ण खेल श्रीलंकामा खेलाइयो । गत संस्करणको एसिया कपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो ।

नेपालले समूह चरणअन्तर्गत पाकिस्तानसँग मुल्तानमा तथा भारतसँग श्रीलंकाको पल्लेकेलेमा खेलेको थियो । नेपाल दुवै खेलमा पराजित भयो । पहिलो खेलमा पाकिस्तानको सामना गरेको नेपाल २ सय ३८ रनले पराजित भयो । पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो । पाकिस्तानसँग नेपालको सिनियर टिमको यो पहिलो प्रतिस्पर्धा थियो । दोस्रो खेलमा भारतविरुद्ध १० विकेटको हार बेहोरे पनि नेपालले ब्याटिङमा सुधार गर्‍यो ।  उक्त खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन बनायो । उक्त म्याचमा नेपालका ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै भारतीय बलरलाई दबाब दिएका थिए । सो खेलमा आसिफले ५८, कुशलले ३८, सोमपाल कामीले ४८, दीपेन्द्र सिंह ऐरीले २९ र गुलशनकुमार झाले २३ रन जोडे ।

भारतको सिनियर टिमविरुद्ध नेपालले कुनै पनि प्रतियोगितामा खेलेको यो पहिलो म्याच थियो । आउँदो संस्करणको एसिया कपमा भने नेपाललाई देख्न पाइने छैन । गत अप्रिलमा भएकोमा एसिसी प्रिमियर कप सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । ओमानमा भएको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चियो । सन् २०२३ मा भएको प्रिमियर कपको फाइनलमा भने नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिया कपको यात्रा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
हात्तीको दाह्रासहित ३ जना पक्राउ
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
ओलीलाई प्रचण्डको जवाफ– जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ, अब देख्नेछन्
ओलीलाई प्रचण्डको जवाफ– जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ, अब देख्नेछन्
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
बाढीपहिरो: बिहानैदेखि यी ६ सडक पूर्णरुपमा अवरुद्ध
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल