बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
  • उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
  • नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

१५ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।

उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

१२ साउन अर्थात् शनिबार मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । सत्ता समीकरण परिवर्तन भएसँगै ६ साउनमा मुख्यमन्त्रीबाट नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै कांग्रेस–एमालेको समीकरणबाट लामाले ९ साउनमा सरकारमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिन लामालाई नियुक्त गरेर १० साउनमा सपथ गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
भिषण वर्षाले लम्जुङको कारागार भत्कियो
जनमतले बोलायो केन्द्रीय समिति बैठक
जनमतले बोलायो केन्द्रीय समिति बैठक
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान