प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।
  • दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।
  • उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।

थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।

उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।

साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा समेत राखेको  परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन
लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
सदनको अवरोध हटाउन प्रधानमन्त्री अनौपचारिक संवादमा, कांग्रेस आक्रामक
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा