काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

सारांश

  • काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।
  • पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
  • खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् ।

२४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् । विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ ।

एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ । यी मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक
पर्यटक आगमन वृद्धि, एक महिनामै आए ७१ हजार पर्यटक
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता