रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
२४० पटक हेरिएको
Shares
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ

सारांश

  • सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।
  • सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
  • पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए ।

१५ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा सो गुल्मबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि गरगहना सिद्धार्थनगर सुनचाँदी व्यवसायीले परीक्षण गर्दा १ किलोग्राम देखिएको डीएसपी थापाले जानकारी दिए ।

पक्राउपछि उनलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
भरुवा बन्दुकसहित दुईजना पक्राउ
भरुवा बन्दुकसहित दुईजना पक्राउ
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
शोरुमबाट नयाँ गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...