३ लाख धरौटीमा रिहा भए अशोक यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
२४ पटक हेरिएको
Shares
३ लाख धरौटीमा रिहा भए अशोक यादव

सारांश

  • नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
  • जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
  • यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

 

१४ असोज, सर्लाही । नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...