यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै

सारांश

  • नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ ।
  • मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।
  • नेपालले पहिलो खेलबाट आज तीन परिवर्तन गरेको छ ।

२४ चैत, काठमाडौं ।

नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । नेपालले पहिलो खेलबाट आज तीन परिवर्तन गरेको छ ।

दयानन्द मण्डल, अमर मिश्रा र अशोक धामी बाहिरिँदा अपराजित पौडेल, दर्श सोनार र दिल्साद अली टोलीमा आएका छन् । यसअघि गत बिहीबार भएको पहिलो खेलमा पनि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ३०० रनको योगफल बनाएर खेल जितेको थियो । यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला हुन लागेको हो । विश्वकप छनोट पनि मुलपानीमै खेलाइने छ । उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृंखला खेलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द