हुम्लामा ५२ लाख बराबरको चिनियाँ मदिरा बरामद
सारांश
- हुम्लामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ।
- नाम्खा गाउँपालिका–२ को नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
- जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिवोटल ३५० रुपैयाँ रहेको छ।
२९ साउन, हुम्ला ।
हुम्लामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। नाम्खा गाउँपालिका–२ को नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिवोटल ३५० रुपैयाँ रहेको छ। बरामद मदिरा तथा बियर कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिएका छन्।

प्रतिक्रिया