८८ अर्ब पुग्यो सरकारी निकायको बेरुजु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
५७३ पटक हेरिएको
Shares
८८ अर्ब पुग्यो सरकारी निकायको बेरुजु

सारांश

  • महालेखापरीक्षकको प्रतिवेदनले गत आर्थिक वर्ष २०८१/८२ मा बेरुजु बढेको देखाएको छ।
  • गत वर्ष वृद्धि भएको गरी सरकारी निकायको बेरुजु बढेर ८८ अर्ब पुगेको छ।
  •   शुक्रबार महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन बुझाएका छन्।

 

१ जेठ, काठमाडौं ।

महालेखापरीक्षकको प्रतिवेदनले गत आर्थिक वर्ष २०८१/८२ मा बेरुजु बढेको देखाएको छ। गत वर्ष वृद्धि भएको गरी सरकारी निकायको बेरुजु बढेर ८८ अर्ब पुगेको छ।  शुक्रबार महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन बुझाएका छन्। राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन बुझाउँदै संक्षिप्त जानकारी दिएका हुन्।

महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २४१ बमोजिम महालेखा परीक्षकको जिम्मेवारी तथा धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश गरिएको जानकारी दिए। उनले सार्वजनिक स्रोत–साधनको परिचालन नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिएको बताए।  आर्थिक वर्ष २०८१/८२ मा कुल पाँच हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ। जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ तीन हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड रहेको उनले बताए।  त्यस्तै, प्रदेश मन्त्रालय तथा निकायतर्फ एक हजार १२४ कार्यालयको तीन खर्ब २० अर्ब ३० करोड, स्थानीय तहतर्फ ७२१ निकायको ११ खर्ब नौ अर्ब ५२ करोड र समिति एवं अन्य संस्थातर्फ ५७७ निकायको चार खर्ब ४७ अर्ब ७७ करोडको लेखापरीक्षण गरिएको छ।

संगठित संस्था तथा संघीय कानुनद्वारा स्थापित ४४ संस्थाको ५४ आर्थिक वर्षको ४६ खर्ब ८८ अर्ब ९६ करोड बराबरको लेखापरीक्षण गरिएको हो। यस वर्षको लेखापरीक्षणबाट ८८ अर्ब नौ करोड ११ लाख बेरुजु कायम भएको उनले जानकारी दिए।

यसमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयतर्फ पाँच अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब चार करोड ७७ लाख तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख बेरुजु रहेको छ।

त्यस्तै, एक लाख ८८ हजार ९१४ बेरुजु दफामध्ये ९४ हजार ४३८ दफा सैद्धान्तिक तथा ९३ हजार ४७६ दफा लगती बेरुजु रहेका छन्। अद्यावधिक बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड पुगेको छ।

त्यसमध्ये संघीय सरकारी कार्यालयतर्फ तीन खर्ब ७८ अर्ब ५४ करोड, प्रदेश सरकारी कार्यालयतर्फ ३३ अर्ब ९६ करोड, स्थानीय तहतर्फ दुई खर्ब २० अर्ब ४७ करोड तथा समिति एवं अन्य संस्थातर्फ एक खर्ब २२ अर्ब २० करोड रहेको छ। गत वर्षको तुलनामा अध्यावधिक बेरुजु २.९९ प्रतिशतले वृद्धि भएको छ।

अतिरिक्त लेखापरीक्षण, राजस्व, शोधभर्ना तथा वैदेशिक अनुदान र ऋण रकमसम्बन्धी समयमै कारबाही हुनुपर्ने रकम सात खर्ब ८७ अर्ब ८६ करोड तीन लाख रहेको छ। यस वर्ष ६३ अर्ब १२ करोड ९५ लाख बराबरको बेरुजु सम्परीक्षण गरिएको उनले बताए।

त्यसमध्ये संघीय सरकारी कार्यालयतर्फ ४७ अर्ब ४४ करोड ३५ लाख, प्रदेश सरकारी कार्यालयतर्फ एक अर्ब ७४ करोड १६ लाख, स्थानीय तहतर्फ सात अर्ब ८६ करोड ४२ लाख तथा समिति एवं अन्य संस्थातर्फ ६ अर्ब आठ करोड दुई लाख रहेको छ।

वार्षिक प्रतिवेदन पेश गर्नुअघि कार्यालयबाट प्राप्त भएका सबै परीक्षण गरी संघीय मन्त्रालय तथा निकाय, प्रदेश मन्त्रालय तथा निकाय र स्थानीय तहसमेत गरी ९०२ वटा राय–सुझावसहितका प्रतिवेदन जारी गरिएको उनले बताए।

लेखापरीक्षणको प्रभावस्वरूप यस वर्ष कुल १४ अर्ब ६३ करोड २७ लाख असुल भई सम्बन्धित राजस्व खातामा जम्मा भएको उनको भनाइ छ। त्यसमध्ये लेखापरीक्षणका क्रममा ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि ९० करोड ४८ लाख तथा सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख असुल भएको रायाले जानकारी दिए।

उनले लेखापरीक्षणलाई थप पारदर्शी, निष्पक्ष र गुणस्तरीय बनाउन वेबसाइट, एफएम रेडियो तथा भर्चुअल अन्तरक्रियामार्फत सरोकारवालासँग समन्वय गरिएको जानकारी दिए। लेखापरीक्षणको क्रममा टोल–फ्री नम्बर र इमेलमार्फत गुनासो लिने व्यवस्था समेत गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
मुग्लिनमा गाडीकाे ठक्करबाट एकको मृत्यु
मुग्लिनमा गाडीकाे ठक्करबाट एकको मृत्यु
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा