Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
४० पटक हेरिएको
Shares
सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

सारांश

  • नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् ।
  • पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।
  • पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

१८ चैत,काठमाडौं ।

नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘अहिलेको जनभावना अनुरुप, आवश्यकता अनुसार र सँगसँगै पार्टीले नै अवलम्बन गरेको सिद्धान्त प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने हुँदा म आफ्नो इच्छा व्यक्त गर्दछु,’ सुहाङको भनाइ उद्धृत गर्दै एक नेताले भने ।‘अहिले देशको परिस्थितिलाई नजरअन्दाज नगर्न उनले नेताहरुलाई अनुरोध गरे । ‘यो परिस्थितिको आवश्यकता के हो त ?’ प्रश्न गर्दै उनले भनेका थिए, ‘सदन र सदन बाहिरको अवस्थालाई हामीले हेरेर बुझ्न सक्छौं ।‘मेरो भनाइ बिल्कुल पनि अग्रजले गर्न सक्नुहुन्न भन्ने होइन । मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जासँगसँगै अग्रजको अनुभव र आशिर्वाद हो,’ सुहाङको भनाइ थियो ।यसअघि सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका बेला सुहाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई प्रचण्डको चेतावनी
एक वर्षमा ७३ बालबालिकाको उद्धार
एक वर्षमा ७३ बालबालिकाको उद्धार
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस