सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

सारांश

  • नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् ।
  • पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।
  • पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

१८ चैत,काठमाडौं ।

नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘अहिलेको जनभावना अनुरुप, आवश्यकता अनुसार र सँगसँगै पार्टीले नै अवलम्बन गरेको सिद्धान्त प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने हुँदा म आफ्नो इच्छा व्यक्त गर्दछु,’ सुहाङको भनाइ उद्धृत गर्दै एक नेताले भने ।‘अहिले देशको परिस्थितिलाई नजरअन्दाज नगर्न उनले नेताहरुलाई अनुरोध गरे । ‘यो परिस्थितिको आवश्यकता के हो त ?’ प्रश्न गर्दै उनले भनेका थिए, ‘सदन र सदन बाहिरको अवस्थालाई हामीले हेरेर बुझ्न सक्छौं ।‘मेरो भनाइ बिल्कुल पनि अग्रजले गर्न सक्नुहुन्न भन्ने होइन । मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जासँगसँगै अग्रजको अनुभव र आशिर्वाद हो,’ सुहाङको भनाइ थियो ।यसअघि सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका बेला सुहाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?