अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव

सारांश

  • अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ ।
  • कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ ।
  • सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो ।

१० चैत, काठमाडौं ।

अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ । कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ ।

सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अघिल्लो दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको र इरानी पावर स्टेशनहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि पछि सारिएको बताएपछि बजारमा नाटकीय परिवर्तन आयो । ट्रम्पको बयानलगत्तै लण्डनमा कारोबार हुने ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको थियो । तर, यो राहत धेरै समय टिक्न सकेन । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता वा सम्पर्क भएको कुरालाई तुरुन्तै खण्डन गरेपछि बजार फेरि तातियो ।इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५ डलरसम्म पुग्यो र अन्त्यमा १०१ डलर आसपासमा रहेर कारोबार भयो ।

त्यस्तै, अमेरिकी बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि प्रति ब्यारेल ९८ डलरबाट घटेर ८४.३७ डलरसम्म पुगेको थियो । तेलसँगै युरोपेली प्राकृतिक ग्यासको मूल्यमा पनि यस्तै उतारचढाव देखियो । युरोपको बेन्चमार्क मानिने डच ‘टीटीएफ’ अप्रिल ग्यास फ्युचर्सप्रति मेगावाट–घण्टा ६३ युरोबाट घटेर ट्रम्पको बयानपछि ५४ युरोमा झरेको थियो । तर इरानको खण्डनपछि यो पुनः ५६ युरो आसपास पुग्यो । मुद्रास्फीतिको जोखिम बजार विश्लेषकहरूका अनुसार ऊर्जा बजार अहिले पूर्ण रूपमा भू–राजनीतिक घटनाक्रममा निर्भर छ । अमेरिका र इरानबीचको यो खिचातानीले गर्दा आउने दिनमा मूल्य अझै अस्थिर रहने देखिएको छ ।

यदि यो तनाव बढ्दै गएमा ऊर्जा आयातमा बढी निर्भर रहेका मुलुकहरू, विशेषगरी युरोपेली अर्थतन्त्रहरूले चर्को महँगी (मुद्रास्फीति) को सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन् । तेल र ग्यासको मूल्य बढ्दा आयातित वस्तुको लागत बढ्ने र यसले विश्वव्यापी अर्थतन्त्रमै दबाब सिर्जना गर्ने देखिन्छ । सीसीटीभी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशन तयारी अन्तिम चरणमा
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट