दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई ५ वर्षको जेल सजाय

सारांश

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले शुक्रबार न्यायमा बाधा पुर्‍याउने र प्रमाण नष्ट गर्ने जस्ता गम्भीर अपराधहरूका लागि ५ वर्षको जेल सजाय सुनाएको छ ।
  • डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागाउने असफल प्रयासपछि युन सुक योललाई पदबाट हटाइएको थियो ।
  • उनलाई मुख्य रूपमा मार्शल ल घोषणाको क्रममा कानुनी प्रक्रिया पालन नगर्ने, आधिकारिक कागजातहरूमा जालसाजी गर्ने, फोन डाटा मेटाएर प्रमाण नष्ट गर्ने र आफ्नो गिरफ्तारी रोक्न अधिकारीहरूको काममा बाधा पुर्‍याउने आरोपहरू प्रमाणित भएको बताइएको छ ।

काठमाडौं ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले शुक्रबार न्यायमा बाधा पुर्‍याउने र प्रमाण नष्ट गर्ने जस्ता गम्भीर अपराधहरूका लागि ५ वर्षको जेल सजाय सुनाएको छ । डिसेम्बर २०२४ मा देशमा मार्शल ल लागाउने असफल प्रयासपछि युन सुक योललाई पदबाट हटाइएको थियो । उनलाई मुख्य रूपमा मार्शल ल घोषणाको क्रममा कानुनी प्रक्रिया पालन नगर्ने, आधिकारिक कागजातहरूमा जालसाजी गर्ने, फोन डाटा मेटाएर प्रमाण नष्ट गर्ने र आफ्नो गिरफ्तारी रोक्न अधिकारीहरूको काममा बाधा पुर्‍याउने आरोपहरू प्रमाणित भएको बताइएको छ ।

युन सुक योलले डिसेम्बर २०२४ मा अचानक मार्शल ल घोषणा गरेर सबैलाई चकित पारेका थिए । उनले यसको बचाउ गर्दै विपक्षी र राज्यविरोधी शक्तिहरूबाट लोकतन्त्रको रक्षा गरेको दाबी गरेका थिए । यद्यपि, उनकै पार्टीका सदस्यहरू र विपक्षी सांसदहरूले संसदमा यसविरुद्ध मतदान गरेर मात्र ६ घण्टामा नै समाप्त गरेका थिए । मार्शल ल असफल भएपछि उनले आफूलाई आफ्नै निवासमा बन्द गरेका थिए । तर, पछि करिब तीन हजार प्रहरीहरूले गिरफ्तार गरेका थिए । यो दक्षिण कोरियाली इतिहासमा कुनै कार्यरत राष्ट्रपतिलाई गिरफ्तार गर्ने पहिलो घटना थियो । युन सुक योलमाथि अझै राजद्रोहको योजना बनाउने गम्भीर आरोपमा मुद्दा चलिरहेको छ । यसमा अभियोजकहरूले मृत्युदण्डको माग गरेका छन्, जसको फैसला फेब्रुअरीमा आउने अपेक्षा छ । हाल, गत वर्ष जुनमा भएको चुनावपछि विपक्षी लोकतान्त्रिक पार्टीका ली जेइ म्युङ देशका नयाँ राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
नेपालगन्जमा २२ सय करदाता निलम्बन
नेपालगन्जमा २२ सय करदाता निलम्बन
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित
प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित