११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.
  • २९ अंक घटेर २५९६.
  • १२ विन्दुमा झरेको छ ।

२० कात्तिक, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो । सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ । आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

यस्तै, यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ । यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ । आज कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र
कार्यदलको बैठक आज पनि बस्दै
कार्यदलको बैठक आज पनि बस्दै
सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ: रवि लामिछाने
सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ: रवि लामिछाने