केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार

सारांश

  • जेन जी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीले जाहेरी लिने भएको छ ।
  • यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो ।
  • यद्यपि प्रहरीले त्यो जाहेरी दर्ता गरेर आफैंले अनुसन्धान भने गर्ने छैन ।

२१ असोज, काठमाडौं ।

जेन जी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीले जाहेरी लिने भएको छ । यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । यद्यपि प्रहरीले त्यो जाहेरी दर्ता गरेर आफैंले अनुसन्धान भने गर्ने छैन ।

प्रहरीले जाहेरी लिने तर दर्ता भने नगर्ने भएको हो । प्रहरीले जाहेरी लिएर त्यसलाई पूर्व न्यायाधीश गौररीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगमा बुझाउनेछ । आयोगले यस विषयमा अनुसन्धान गरिरहेको छ । जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । बैठकपछि प्रहरी जाहेरी लिन तयार भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?