आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

सारांश

  • जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
  • नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो ।
  • यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन ।

२ असोज, काठमाडौं ।

जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन ।

त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो । गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो । बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसीमका लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमीत रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
सुन्सरीको इनर्वामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुन्सरीको इनर्वामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै