Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन् ।
  • च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् ।
  • ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने ।

६ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् । ‘खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने । सदस्यता नवीकरणबारे पार्टीसँग छलफल पनि नगरेको अध्यक्ष ओलीले बताए । ‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन । सदस्यताका लागि आवेदन गर्नुभएको पनि छैन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन,’ उनले भने, ‘बाहिर टेलिभिजनले दिने त होइन होला ?’

दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा सदस्यता नवीकरण नहुने तर्क पनि ओलीले गरे । ‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर, शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ?,’ ओलीले  भने । राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि यस्तो समस्या सिर्जना हुन्छ भन्ने कल्पना समेत नगरेको पनि ओलीले बताए । ‘दुई-दुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन,’ ओलीले भने ।

तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि ओलीले पार्टीभित्र चुनाव हारेका र असन्तुष्टहरूलाई बोकेर हिँड्ने काम गरेको बताए । ‘पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, र पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरू तिनलाई भेला गरेर असन्तुष्टहरूको जमात खडा गरेर कुदिराख्नु भएको छ,’ ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
ग्लोबल आइएमई बैंकले पायो ‘वर्ल्ड बेष्ट बैंक’ अवार्ड
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
गगनले कांग्रेस फुटाइसकेको निधीको आरोप
गगनले कांग्रेस फुटाइसकेको निधीको आरोप
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००