जिल्ला अदालतको परिसरबाट कैदी फरार
सारांश
- ९ असार, विराटनगर ।
- मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् ।
- विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् ।

९ असार, विराटनगर ।
मोरङ जिल्ला अदालत परिसरबाट चेक अनादर मुद्दामा कैद सजाय पाएका एक जना प्रतिवादी फरार भएका छन् । विराटनगर–१३ का ४० वर्षीय विजय शंकर झा फरार भएका हुन् । उनलाई अदालतले दुई वर्ष कैद सजाय तोकेको थियो । सो सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया