मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन

सारांश

  • मकवानपुरको मनहरी गाउँपालिकामा पाँच वटा पक्की पुल निर्माण भएको छ ।
  • २०७७ सालमा एकैपटक ठेक्का लगाएर काम सुरु भएका ५ वटा पक्की पुल पाँचै वर्ष अवधि लगाएर भर्खरै निर्माण सम्पन्न भएका छन् ।
  • विगतमा झोलुङ्गे पुलले सिंगै गाउँलाई जोडेको मनहरीमा स्थानीय सरकार स्थापनाको ८ वर्षमा पक्की पुल बनेका हुन् ।

१ असार, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिकामा पाँच वटा पक्की पुल निर्माण भएको छ । २०७७ सालमा एकैपटक ठेक्का लगाएर काम सुरु भएका ५ वटा पक्की पुल पाँचै वर्ष अवधि लगाएर भर्खरै निर्माण सम्पन्न भएका छन् । विगतमा झोलुङ्गे पुलले सिंगै गाउँलाई जोडेको मनहरीमा स्थानीय सरकार स्थापनाको ८ वर्षमा पक्की पुल बनेका हुन् । पाँच वटै पक्की पुलको निर्माण मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट गरेको हो ।

जिल्लाको ८ वटा गाउँपालिकामध्ये सबैभन्दा ठूलो राजश्व स्रोत भएको पालिका हो, मनहरी । गाउँपालिकाले निर्माण गरेको पाँच वटा पुलले ४ वटा वडाहरुलाई जोड्छ । ती सबै वडा तरकारी उत्पादनको पकेट क्षेत्र हुन् । आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । पाँच वटा पुलमध्ये २ वटा पक्की पुलको शनिवार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् । बानियाँले मनहरी–३ मा पर्ने हाँडिखोला र ठाडोखोलामा निर्माण गरिएको पुलको उद्घाटन गरेका हुन् । ३५ मिटर लम्बाईको हाँडिखोला पुल भैरव/नारायणम जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको छ । ९० मिटर लम्बाई ८.४० मिटर चौडाइको ठाडोखोला पुल हिराचन/बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी काम गरेको थियो ।

पाँच वटामध्ये ३ वटा पक्की पुल गत वर्ष नै सम्पन्न भएर उद्घाटन गरिएको थियो । मनहरी–३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल, ३ र ४ नम्बर वडा नै जोड्ने मसिने खोला पुल मनहरी १ र २ जोड्ने च्यापलखोला पुल गतवर्ष जेठमा उद्घाटन भएको हो । ट्वाङ्ग्रा खोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा, मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा र च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । तीन वटै पुल निर्माणको काम बानियाँ/हिराचन जेभीले गरेको हो । बााँनिया निर्माण सेवा, सांसद इन्द्रबहादुर बानियाँकै कम्पनी हो । उनै बानियाँले पुलको उद्घाटन गरेका छन् । यहि क्षेत्रबाट उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । गाउँपालिकाले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि २०७७ मा ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने