मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

सारांश

  •   गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका एक्ला यात्रु रमेश विश्वास कुमारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतलामै पुगेर भेटेका छन् ।
  • सरदार वल्लभ भाइ पटेल विमानस्थलबाट उडेको केही बेरमै भएको जहाज दुर्घटनामा घाइते भएर बाँचेका एक्ला यात्री कुमार अहिले सिभिल अस्पतालमा उपचाररत छन्।
  • रमेशले डीडी न्यूजसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले उनको हालखबर सोधेको बताए ।

३० जेठ, नयाँदिल्ली । 

गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका एक्ला यात्रु रमेश विश्वास कुमारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतलामै पुगेर भेटेका छन् । सरदार वल्लभ भाइ पटेल विमानस्थलबाट उडेको केही बेरमै भएको जहाज दुर्घटनामा घाइते भएर बाँचेका एक्ला यात्री कुमार अहिले सिभिल अस्पतालमा उपचाररत छन्। रमेशले डीडी न्यूजसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले उनको हालखबर सोधेको बताए ।

दुर्घटना कसरी भयो भनेर मोदीले प्रश्न गरेको उनले बताए ।  रमेश विमानको ११ ए सिटमा थिए। दुर्घटनापछि उनी आफैँ घटनास्थलबाट बाहिर निस्किएकाले जल्न पाएनन् । रमेशले भने, ‘मलाई विश्वास नै छै, म कसरी जिउँदै बाहिर निस्केँ।’ उनकाअनुसार विमान खस्नासाथ उनको छेउको ढोका भाँचिएर छुट्टियो। त्यसपछि उनले सिटबेल्ट खोलेर बाहिर हामफालेका थिए । उनीसँग भारतीय सञ्चारमाध्यम डीडी न्यूजले गरेको सवाल-जवाफ : दुर्घटना कसरी भयो? सबै कुरा मेरो आँखा अगाडि भयो। मलाई थाहा छैन यो कसरी भयो ? मलाई विश्वास नै छैन म कसरी जिउँदो बाहिर निस्केँ। केही समयलाई लागेको थियो, म पनि मर्नेछु। मेरो आँखा खुल्दा लाग्यो, म जिउँदै छु । मैले सोचेँ यहाँबाट निस्कन सक्छु र म त्यसपछि निस्किएँ । जहाजले भुइँ छोडेपछि के भयो?

टेकअफ भएको पाँच-दस सेकेन्डभित्रै मलाई लाग्यो, विमान रोकिएको छ। पछाडि हेर्दा हरियो र सेतो बत्ती बल्यो। त्यसपछि पाइलटले गति बढाए। तर गति बढाएको त्यही समयमा विमान भुइँमा बजारिएर विस्फोट भयो। जब जहाज होस्टलमा खस्यो, त्यसबेला तपाईं तुरुन्तै बाहिर निस्कनुभयो ? मेरो सिट विमानको त्यो भागमा थियो, जुन भवनको तल्लो भागसँग ठोक्किएको हुनुपर्छ। माथिल्लो भागमा आगो लागेको थियो, धेरैजना त्यहीँ अड्किए। सायद म सिटसहित तल खसेँ। म जसोतसो बाहिर निस्केँ। ढोका भाँचिएको थियो, अगाडि केही खाली ठाउँ देखियो, त्यसैले निस्किने कोसिस गरेँ। अर्को छेउमा भित्ता थियो, त्यहाँबाट सायद कोही निस्कन सकेन। मेरो आँखा अगाडि नै दुई एयर होस्टेस, एक अंकल-आन्टीसहित सबै जलिरहेका थिए । तपाईं पैदलै त्यहाँबाट आउनुभयो? हो। एयर इन्डियाको उडान नम्बर एआई-१७१ (बोइङ ७८७-८ ड्रिमलाइनर विमान) अहमदाबादबाट बिहीबार दिउँसो लन्डन जाँदै थियो।

दिउँसो १ बजेर ३८ मिनेटमा उडेको विमान १:४० बजे दुर्घटनाग्रस्त भयो। यसमा १६९ भारतीय, ५३ ब्रिटिश, ७ पोर्चुगिज र एक क्यानेडाली नागरिकसहित कुल २३० यात्रु सवार थिए। बाँकी १२ चालक दलका सदस्य थिए। एक यात्रु जिउँदो बँचे, जो उनै रमेश विश्वास कुमार हुन् । विमान जुन भवनसँग ठोक्कियो, त्यहाँ अहमदाबादको सिभिल अस्पतालका डाक्टरहरू बस्छन्। जानकारीअनुसार दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टर थिए, जसमध्ये १५ भन्दा बढी घाइते भए। दुर्घटनास्थलबाट प्राप्त अधिकांश शव पूरै जलेका छन्। मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमारले आफू विमानबाट हामफालेको नभई सिटसहित बाहिर निस्किएको बताए । उडानको ३० सेकेन्डपछि ठूलो आवाजसहित विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि होसमा आउँदा वरिपरि शरीरहरू देखेर डराएको उनले बताए ‘म डराएँ। उठेर दौडेँ। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
ललितपुरका यी क्षेत्रमा आजदेखि २ महिनासम्म निषेधाज्ञा
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो
चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’
संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव