शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले चुनाव भएको साढे दुई वर्ष भइसक्दा समेत पनि ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व लिन नसकेको भन्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन्।
  • कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस कमजोर हुन नहुने बताए।

२४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनाव भएको साढे दुई वर्ष भइसक्दा समेत पनि ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व लिन नसकेको भन्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन्। कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस कमजोर हुन नहुने बताए।उनले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै अराजकता कांग्रेसले मात्रै रोक्न सक्ने बताए।

उनले भने, ‘हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन। उग्र वामपन्थीको त कुरै भएन। कांग्रेस एउटा मध्यमार्गी पार्टी हो। कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भयो भने देश अराजकतातिर जान्छ। त्यो बुझ्नपर्छ। त्यो अराजकता रोक्न कांग्रेसले मात्रै सक्छ।’उनले सरकार र सत्ता बेग्लाबेग्लै कुरा भएको भन्दै सरकारमा भए पनि सत्ताको चाबी कांग्रेससँग नभएको बताए।

उनले थपे, ‘सत्ताको चाबी वामपन्थीहरूसँग छ, त्यसलाई हामीले कसरी खोल्ने रु साथीहरूले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ। हाम्रो भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता कांग्रेसका कार्यकर्ता हुँदै हुँदैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?