Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन

सारांश

  • आज इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए ।
  • ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, पौडेलले भने ।
  • उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए ।

 

१८ फागुन,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । आज इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, पौडेलले भने । उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए ।

सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे । चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको पौडेलको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ । बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनले बताए ।

इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे । सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि उनको भनाइ छ । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।

अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्ने गरी मन्त्रालयमा माग गर्नुपर्ने बताए । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उनको भनाइ छ । आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो
चुरे संरक्षणको माग गर्दै पैदल हिँडेको टोली २५ दिनमा काठमाडौं आइपुग्यो
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’