पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक जना घाइते

सारांश

  • लागुऔषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् ।
  • नवलपरासीको  रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् ।
  • लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो ।

१८ माघ, बुटवल । लागुऔषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् । नवलपरासीको  रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो । उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । लोनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेकाले र लागू औषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकाले ४ राउण्ड गोली प्रहार

गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरी प्रवक्ता रेशम बोहराले बताए । लोनियालाई प्रहरीकै गाडीमा राखेर उपचारका लागि जिल्ला अस्पताल परासीमा पठाइएको छ ।  लोनियाको अवस्था मध्यम छ । उनी बोल्न सक्ने अवस्थामा छन् । लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ । सो स्थानबाट ९३ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
म्याग्दीमा भूकम्पको धक्का
म्याग्दीमा भूकम्पको धक्का
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा
चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
आईडियल को–एड. एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि अभीमूखिकरण कार्यक्रम सम्पन्न
सुर्खेतको काँक्रेविहार जंगलमा मृ*त भेटिए युवायुवती
सुर्खेतको काँक्रेविहार जंगलमा मृ*त भेटिए युवायुवती