रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
सारांश
- ११ पुस, काठमाडौं ।
- रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् ।
११ पुस, काठमाडौं । रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया