तिन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा १६ अर्ब २३ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
५५ पटक हेरिएको
Shares
तिन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा  १६ अर्ब २३ करोड

सारांश

  • सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा समग्रमा २१ दशमलव ६३ प्रतिशत बढेको छ ।
  • यस वर्ष पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका हुन ।
  • गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थिए ।

७ कार्तिक, काठमाडौं- सबै वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा समग्रमा २१ दशमलव ६३ प्रतिशत बढेको छ ।

यस वर्ष पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका हुन । गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थिए ।  गत वर्षको तुलनामा यस वर्ष धेरै जसो वाणिज्य बैंकहरुको इम्पेरमेन्ट चार्ज रकम घटेकाले पनि खुद नाफा बढेको देखिन्छ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक नाफा गरेको छ भने एनआईसी एशिया बैंकको सबैभन्दा कम रहेको छ । नबिल बैंकले गत वर्षभन्दा यस वर्ष ३९ दशमलव ९७ प्रतिशत नाफा बृद्धि गर्दै २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

सबैभन्दा कम नाफा गर्ने एनआईसी एशिया बैंकले भने गत वर्षभन्दा ८९ प्रतिशत कम ११ करोड ५ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको तथ्याङ्क छ । गत वर्ष यस अवधिसम्म यस बैंकले १ खर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २० वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकसँगै राष्ट्रिय वाणिज्य बैंकको ८२ दशमलव ४० प्रतिशत, सिटिजन्स बैंकको १२ दशमलव ५५ प्रतिशत, हिमालयन बैंकको ३१ दशमलव २२ प्रतिशत, सानिमा बैंकको १७ दशमलव २७ प्रतिशत,माछापुच्छ्रे बैंकको ७ दशमलव १९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ दशमलव ८२ प्रतिशत खुद नाफा घटेको छ ।

गत वर्ष ८८ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कृषि विकास बैंकले भने नोक्सानी सुधार्दै १९ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको छ । बृद्धिका हिसाबमा गत वर्षभन्दा यस वर्ष सिद्धार्थ बैंकले सबैभन्दा बढी ७९१ दशमलव ४३ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष ४ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको सिद्धार्थ बैंकले यस वर्ष ३८ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
हतकडी खालेर रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...