प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो ।
  • आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
  • उनले भने,’आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौं ।

२४ भदौ , काठमाडौं- थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले भने,’आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौं । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।’काठमाडौं महानगरपालिका- ११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताए । उनले सुत्केरीका लागि ‍’सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाए । अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गरे । उनले भने,’संघीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौं । आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौं ।’ डा.अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?
एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...