पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण
सारांश
- जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार यहाँका ८ वटा पालिकाका १९ महिलासहित ४४ जनामा डेंगी संक्रमण भएको हो ।
- कावासोतीमा १० जना , विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोट गाउँपालिकामा ९ जनामा डेंगी संक्रमण भएको छ ।
- उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
१४ भदौ , पूर्वी नवलपरासी — भदौ दोस्रो सातासम्म पूर्वी नवलपरासीका ४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार यहाँका ८ वटा पालिकाका १९ महिलासहित ४४ जनामा डेंगी संक्रमण भएको हो । कावासोतीमा १० जना , विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोट गाउँपालिकामा ९ जनामा डेंगी संक्रमण भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी बुलिंटारमा १ जना,, मध्यबिन्दु नगरपालिकामा ५ जना, गैंडाकोट नगरपालिकामा ७ जना र देवचुली नगरपालिकाका ४ जनामा डेंगी संक्रमण देखिएको छ ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया