अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश

सारांश

  • अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।
  •   सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ।
  •   अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ।

 

८ भदौ ,काठमाडौं- अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ।

अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।  सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ।  अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ। उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीबार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रबार अदालतमा उपस्थित भएका थिए।भट्टको अभियोग पत्रमा उजुरीमा भनिएको छ,  ‘जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’ भर्जिनिया निवासी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता छिन्। अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ। नरेश पक्षका वकिलले हिंसाको इतिहास नरहेको भन्दै धरौटीमा छाड्नुपर्ने बताएका थिए। यथेस्ट प्रमाण समेत नरहेको दाबी गर्दै उनले जीपीएस निगरानीमा छाड्न सकिने दलिल पेश गरेका थिए। तर, न्यायाधीशले ‘जेल विथआउट बेल’ सदर गरे। आगामि सोमबार भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ। प्रहरीले ममताको शव फेला पारे/नपारेको कुरा अझै प्रस्ट्याएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?