प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।
  • बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।
  • दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।

२४ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ ।ट्रेलरमा प्रधानमन्त्री ओली भन्छन्- ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय ।’ भदौ ७ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई रमित ढुंगानाले निर्देशन तथा निर्माण गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
प्रहरीको पोषण र सहचरी वृद्धि गर्न नवनियुक्त आईजीपी कार्कीको माग
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
पाँच लाख ३५ हजार ठगीको आरोपमा एक महिला पक्राउ
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...