मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम

सारांश

  • नेपाली कांग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुंगो लगाएको छ ।
  • आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो ।
  • कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ ।

२३ असार, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो । कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ । कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ । एमालेले पनि कांग्रेस र आफूहरुको सरकारमा समान हैसियत हुन नसक्ने बताएको छ । कांग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने उसको माग छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस विषयमा छलफल गर्न बोलाएका छन् । केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो । कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन
गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
रूखबाट लडेर महिलाको मृ*त्यु
रूखबाट लडेर महिलाको मृ*त्यु
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
बिपी राजमार्ग : २ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी सडक बनाउने काम सुरु
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ