डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

सारांश

  • काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ ।
  • महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो ।
  • क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि भुषालले जानकारी दिए ।

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ ।

महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो । क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि भुषालले जानकारी दिए । उनका अनुसार उक्त अभियानमा ६४ जना स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ भने ९ असारबाट सबै वडाका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानले गरिरहेको छ ।

यस्तै रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको उनले बताए । डेङ्गु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
राजस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गर्‍यो ६ महिनामा ८ मुद्दा
राजस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गर्‍यो ६ महिनामा ८ मुद्दा
बसको झ्यालबाट हामफालेका यात्रुको बयान (भिडियोसहित)
बसको झ्यालबाट हामफालेका यात्रुको बयान (भिडियोसहित)
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता
बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता