गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।
  • आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका हुन् ।
  • उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे ।

२८ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका हुन् । उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे । उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरे । त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरेका थिए । उनले भने, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो । जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरू मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ? अरुण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता अन्यको पनि छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापाबारे केही पत्ता लाग्यो कि लागेन ? इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन ? पत्ता लगाउन के–के प्रयास भयो ? मुद्दा चलिरहेका बिचौलियाहरूले नाम पोलेका पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमती नैनकला थापाको अनुसन्धानबारे के भयो ? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला ।’ ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकको वैयक्तिक तथा जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय मन्त्रीपरिषद्ले खारेज गरेको समाचार आएको थियो । त्यस्तो निर्णय कसको संलग्नतामा कसरी गरियो भन्ने पत्ता लगाउने कार्यादेशसहित नै प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको समाचार आएको थियो । त्यसले रिपोर्ट बुझायो कि बुझाएन ? सार्वजनिक किन गर्नुभएन ? त्यत्रो राष्ट्रघात भएको कुन विदेशी कम्पनी थियो जनतालाई जानकारी गराउनु पर्दैन र ?,’ उनले थप प्रश्न तेर्स्याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
आज कोजाग्रत पूर्णिमा: दशैंलाई विदा, लक्ष्मीको स्वागत
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध