२६ जेष्ठ २०८२, आईतवार

सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण

 

७ साउन, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति देशभरका सहकारीको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले २९३ नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका तथा ४६० गाउँपालिकाबाट सहकारी संस्था सञ्चालनको विवरण संकलन गर्ने निर्णय गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।यसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यथाशीघ्र उपलब्ध फाराम भरेर पठाउन विशेष निर्देशन पठाउने निर्णय भएको उनले बताएका छन् । नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विशेष छानबिन समितिसँग समन्वय एवं स्थानीय तहहरूसँग सहजीकरण र संयोजन गर्ने निर्णय समितिले गरेको छ । समितिले सोमबार संघीय मामिला मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव सुमन दाहाललगायतसँग छलफल गरेको हो।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल अध्यक्ष  लक्ष्मी पाण्डे, नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरी, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिव  खिम थापा मगर सहभागी थिए । त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार लेखनाथ पोखरेल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक  कलानिधि देवकोटा र गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रम संयोजक प्रतिज्ञा न्यौपाने मिश्र छलफलमा सहभागी रहेका सभापति थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment