चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
२९ असार, चितवन । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव फेला परेको छ । 
नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको प्रहरीको भनाइ छ । शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमानका साथ प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतकका परिवारले शवको शनाखत गरे पनि उनी कुन शिलसिलामा चितवन पुगेका थिए भन्ने खुलिसकेको छैन । 
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment