बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।
  • जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए ।
  • यही जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो ।

१० असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए । यही जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं ।’ उनले बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने बताए । मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘मिडियाका लागि अहिले विनियोजन गरेको बजेट कम रहेको कुरा आएको छ ‌। थप बजेट पनि उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ‌।’ उनले आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति अन्त्य गर्ने पनि बताए । ‘अब विगत जस्तो आर्थिक वर्षको अन्तिममा काम हुंदैन् । आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
एमाले चुनाव : ५६० मत खस्यो
एमाले चुनाव : ५६० मत खस्यो
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
मधेस क्षेत्र अहिले विष्फोटको स्थितिमा छ, समयमै उपचार खोज्न सरकारलाई सिंहको चेतावनी
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द