संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

सारांश

  • संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
  • प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।
  • नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए ।

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए । ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए ।मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् ।

उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो
प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका