सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त।
काठमाडौं, २६ वैशाख । आज बिहान सिराहाको गोल बजारको एक होटलमा सिलिन्डर ग्यास विस्फोट भएको छ। गोलबजार नगरपालिका-४ स्थित जोगी शाहले सञ्चालन गर्दै आएको होटलमा आगलागी हुँदा सम्पुर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी होटलमा रहेका ६ वटा सिलिन्डर नै पड्केका छन् । तर मानविय क्षति भने हुन पाएन । आगोले होटल सबै ध्वस्त भएको छ, करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1