एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
३० पटक हेरिएको
Shares
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

सारांश

  • अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
  • अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ ।
  • “मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

१९ पुस । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ ।

“मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्र्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ”, एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न,

दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ
सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो