Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

सारांश

  • विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।
  • उनीहरूले आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।
  • मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

 

२७ जेठ, विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

उनीहरूले आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू गत शुक्रवारदेखि आन्दोलित थिए । पक्राउ परेको समूहका सदस्यले निजी विद्यालयहरूले कानूनविपरीत आफूखुसी शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरूले यसअघि विराटनगरको रोडशेष चौकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका दीपक यादवसहितको टोलीलाई बिनाशर्त रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूको चेतावनी रहेको छ । पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विवेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
सभामुख घिमिरे जेनेभा जाँदै
सभामुख घिमिरे जेनेभा जाँदै
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
हिन्दु सम्राट सेना द्वारा आयोजित मा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता रामनगरमा सम्पन्न
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला
फुटपाथमा मोटरसाइकल चलाउने ट्राफिक प्रहरी नै परे कारबाहीमा
फुटपाथमा मोटरसाइकल चलाउने ट्राफिक प्रहरी नै परे कारबाहीमा