६ वटा संसदीय समितिको बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
६ वटा संसदीय समितिको बैठक आज बस्दै

सारांश

  • आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।
  • बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ ।

२५ जेठ, काठमाडौँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायीक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा गृह, अर्थ, कृषि तथा पशुपक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री÷सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं यस विषयसँग सम्बन्धित विज्ञ व्यक्तित्वहरूसँग छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन,२०८० माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै