मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
१४ जेठ, काठमाडौँ। सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ ।
सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।
उक्त रिट निवेदनमाथि यही जेठ १६ गते सुनुवाइका लागि पेशी तोकिएको छ । रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको मागसमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment