२६ जेष्ठ २०८२, आईतवार

लोसपाको महासचिवमा यादव मनोनीत

 

१० जेठ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले सिरहाका शीतल प्रसाद यादवलाई महासचिव पदमा मनोनीत गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् ।  लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिवार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ ।  सोही कार्यक्रम अघि पार्टीले यादवलाई महासचिवमा मनोनीत गरेको एक नेताले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरू सहभागी हुनेछन् ।

गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । कार्यसमितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत थुप्रै पदाधिकारीले पार्टी छाडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment