सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ५, २०८१
|
|
६३ पटक हेरिएको
Shares
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

सारांश

  • अमलेश शर्मा सर्लाहीमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • चन्द्रनगर गाउँपालिकामा शनिबार श्री मध्य पूर्वी पृतना हे.
  • क्वा, श्री न.

सर्लाही। अमलेश शर्मा

सर्लाहीमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चन्द्रनगर गाउँपालिकामा शनिबार श्री मध्य पूर्वी पृतना हे. क्वा, श्री न. ९ बाहिनी अड्डा, श्री भैरवीदल गण, श्री फिल्ड अस्पताल बर्दिवासको आयोजना र चन्द्रनगर गाउँपालिका, नगर अस्पताल लालबन्दी, सर्लाही इमेजिङ्ग एण्ड डाइगोनिष्टक सेन्टर लालबन्दी र सत्य नाम हस्पिटल प्रा. लि लालबन्दीको सहयोग र सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर निमित्त गणपति सेनानी पवन विष्टको नेतृत्वमा सञ्चालन गरिएको हो ।

शिविरमा लालबन्दी नगर अस्पतालमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. राम विश्वास राय, मनोरोग विशेषज्ञ डा. चन्दन चौधरी, चिकित्सा अधिकारी बिरोचन चौधरी, चिकित्सा अधिकारी डा. कुल भुषण साही र फिल्ड अस्पताल बर्दिबासबाट परामर्शदाता रोग विशेषज्ञ डा. कविता कर्माचार्य, चिकित्सा अधिकारी डा. भारती यादव, दन्त रोग विशेषज्ञ डा. सुवेशा अधिकारी, चिकित्सा अधिकारी डा. गौरव कोइराला, चिकित्सा अधिकारी अनमिका खत्रीले सेवा दिए । शिविरमा स्त्री तथा प्रसूति रोग, बालरोग,आँखासम्बन्धी समस्या अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि उपचार गरिएको छ ।

शिविरमा हाडजोर्नी सम्वन्धी ८०, दन्त ओपिडी ८५, नाक कान घाँटी ७०, सुगर १३, बालरोग २३५, नाशा तथा मनोविज्ञ ओपिडी ७, स्त्री रोग ८०, भिडियो एक्सरे ८०, आँखा ओपिडी ५५ गरी जम्मा ७०८ जना नागरिकले सेवा लिएका थिए।‌

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको निमित्त गणपति सेनानी पवन विस्टले बताए । सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने उनको विश्वास छ ।

.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी
१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
आईसीयूमा क्यामेरा पुगेपछि प्रेस काउन्सिलको चासो
आईसीयूमा क्यामेरा पुगेपछि प्रेस काउन्सिलको चासो
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल