‘छड्के अनुगमनका क्रममा उहाँले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गर्नुभएको थियो,’ सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, ‘उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।’
स्कुटर चलाएर मासु पसल अनुगमनमा निस्किइन् मन्त्री चौधरी
सारांश
- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।
- अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् ।
- स्कुटर पछाडि उनका पीएसओ बसेका थिए ।
१० मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।
अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् । स्कुटर पछाडि उनका पीएसओ बसेका थिए । उनले बालाजुको भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोरमा पुगेर अनुगमन गरेको सचिवालय सदस्य सरिता चौधरीले जानकारी दिइन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया