स्कुटर चलाएर मासु पसल अनुगमनमा निस्किइन् मन्त्री चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८३
|
|
२५ पटक हेरिएको
Shares
स्कुटर चलाएर मासु पसल अनुगमनमा निस्किइन् मन्त्री चौधरी

सारांश

  • कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।
  • अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् ।
  • स्कुटर पछाडि उनका पीएसओ बसेका थिए ।

१० मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।

अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् । स्कुटर पछाडि उनका पीएसओ बसेका थिए । उनले बालाजुको भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोरमा पुगेर अनुगमन गरेको सचिवालय सदस्य सरिता चौधरीले जानकारी दिइन् ।

मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेको उनको सचिवालयले जनाएको छ ।

१ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको थियो । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो ।

‘छड्के अनुगमनका क्रममा उहाँले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गर्नुभएको थियो,’ सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, ‘उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?