बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
४३ पटक हेरिएको
Shares
बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

सारांश

  • बुधबार सेयर बजार परिसूचक नेप्से ८.
  • ६६ अंक बढेको छ ।
  • यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ ।

 

९ मंसिर, काठमाडौं ।

बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो ।

नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो ।
१७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहगत सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो । अघिल्लो दिन वाणिज्य बैंक (बैंकिङ) सबैभन्दा धेरै बढेको थियो ।

त्यस्तै बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे । मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढ्यो ।

उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ तथा कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै
कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द