नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

सारांश

  • नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागिऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमाआज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।
  • जापानले उक्तआयोजनाकालागि ३४.
  • ५९ अर्व जापानी येन (करिब रु.

१७ मंसिर,काठमाडौं ।

नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागिऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमाआज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।जापानले उक्तआयोजनाकालागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्तहुने उक्तऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथाजडीबुटीखण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथावि.पि.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुयाउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडकविभाग मार्फत कार्यान्वयन गरिनेछ।

ऋण सहायतासँग सम्बन्धित भ्हअजबलनभ या ल्यतभक मा अर्थ सचिवडा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूतमायदातोरुले हस्ताक्षर गर्नुभयो। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिवडा. धनीरामशर्मा र जाइका नेपालका प्रमुखप्रतिनिधि मित्सुजाकीमा जुकीले हस्ताक्षर गरे । समारोहको शुरुवात सह–सचिवडा. धनीरामशर्माको मन्तव्यबाट भएको थियो। हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधिश्री मित्सुजाकीमाजुकी, महामहिम राजदूतमा यदातोरु तथा अर्थ मन्त्रीश्री रामेश्वर प्रसाद खनालले सम्बोधनगर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमाअघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

महामहिमजापानी राजदुतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे । अर्थ मन्त्रीखनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्य अन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो
एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा
शंकास्पद वस्तु पड्किँदा निजगढमा वर्कसप सञ्चालकको मृत्यु, ४ जना घाइते
शंकास्पद वस्तु पड्किँदा निजगढमा वर्कसप सञ्चालकको मृत्यु, ४ जना घाइते
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
राजावादीको आन्दोलन अर्थहीन : देउवा
राजावादीको आन्दोलन अर्थहीन : देउवा